अचानक बाढ़ आएपछि डायना नदीमा फस्यो डम्पर

नगरकट्टा : नगरकट्टा ब्लकस्थित डायना नदीमा अचानक बाढ़ आएपछि ढुङ्गा बोकेको एउटा डम्पर नदीमा फसेको छ। प्राप्त जानकारीअनुसार डायना नदीमा हिजो साँझ एउटा डम्परमा ढुङ्गा लोड गरिरहेको समय नदीमा अचानक बाढ़ आउँदा उक्त डम्पर नदी बीचमा फसे तापनि डम्पर चालक र खलासी भाग्यले बाँचेको बताइएको छ। नदीको जलस्तर कम्ती भएपछि नदीबाट डम्परलाई निकालिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *