अचानक परेको पानीपछि जाडोसँगै पहाडमा हिमपात पर्ने सम्भावना

कालेबुङ : पहाडको दुई जिल्ला दार्जिलिङ र कालेबुङमा गत केही दिन अघिदेखि तापक्रम घटेर निक्कै चिसो अनुभव भइरहेको समय आज बिहान हठात् परेको पानीले अझ जाडो बढेर गएको छ। विशेष गरेर दार्जिलिङको माथिल्लो क्षेत्रहरू साथै कालेबुङ जिल्लाको पनि उच्च स्थानहरूमा जाडो निक्कै बढ्नको साथै हिमपात हुनसक्ने सम्भावना देखापरेको छ। बिहानैदेखि पहाडको विभिन्न क्षेत्रहरूमा पानी पर्नको साथै धेरै ठाउँहरूमा कुइरो लागेकोले गर्दा वाहनहरूको चलाचलमा पनि असुविधा देखापरेको छ।


अर्कोतिर, हिमाली राज्य सिक्किममा पनि अत्यधिक जाडो बढ्नको साथै यहाँको उच्च स्थलहरूमा हिमपात परेको जानकारी प्राप्त भएको छ। आज बिहान सिक्किम राज्यको कतिपय ठाउँहरूमा अचानक पानी परेकोले गर्दा त्यहाँका मानिसहरूले कतिपय असुविधाहरूको सामना गर्न परेको बताइएको छ। हाल जाडो बढे तापनि पहाड घुम्न आउने पर्यटकहरूमा भने हिमपात हुने अधिक सम्भावना देखिएकोले गर्दा तिनीहरू औधी उत्साहित देखिन्छन्। हालसम्म हिमपात पहाडको माथिल्लो भेकहरूमा कम्ती मात्रामा परेको भए तापनि आजको मौसमले गर्दा अधिक मात्रामा हिमपात पर्ने सम्भावना बढेर गएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *