अढ़ाई करोड़को सूनको बिस्कुटसहित पक्रा पर्ने दुईजना हिरासतमा

सिलगढी : डीआरआईले गोप्य सूचनाको आधारमा मंगलबार अबेर राति विधाननगर इलाकाबाट दुईवटा भिन्ना-भिन्नै बसमा अभियान चलाएर दुईजना सून तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका तस्करहरू हसानुर जमाल अनि लतीफ रहमानको रूपमा चिन्हित गरिएको छ। पक्रा परेका दुवैजना आरोपीलाई बुधबार सिलगढी एसीजेएम अदालतमा पेश गरियो। न्यायाधीशले आरोपीहरूलाई 14 दिनसम्मको हिरासतमा राख्ने निर्देश दिएको छ। डीआरआईका वकील त्रिदिप साहाले दिएको जानकारीअनुसार बाङ्ग्लादेश सीमा पार गरेर ती आरोपीहरू दुईवटा बसमा सवार भएर मालदा अनि मुर्शिदाबादमा सून तस्कर गर्ने तरखरमा रहेका थिए। तर यसभन्दा अघावै डीआरआईको टीमले अभियान चलाएर दुईजना तस्करलाई पक्राउ गरेपछि तिनीहरूबाट 50 वटा सूनको बिस्कुट उद्धार गरेको बताइएको छ। उद्धार गरिएको सूनको अनुमानित बजार मूल्य लगभग 2 करोड 50 लाख रुपियाँ रहेको छ। एउटा सूनको बिस्कुटको ओजन 116 ग्राम रहेको छ। डीआरआईले यस मामिलाबारे छानबीन शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *