अढाई महीनापछि भुटानमा फँसेका 96 प्रवासी श्रमिक फर्किए भारत

अलिपुरद्वार : लकडाउनको कारण लगभग अढाई महिनापछि भारतका 96 प्रवासी श्रमिकहरू आफ्नो घर फर्किआएका छन्। लकडाउनको कारण उक्त श्रमिकहरू भुटानमा फँसेका थिए। आज भारत-भुटान मैत्री समझौतापछि उक्त 96 प्रवासी श्रमिकहरूलाई भुटान इमिग्रेशन डिपार्टमेन्टले राज्य सरकारलाई सुम्पेको बताइएको छ। प्राप्त जानकारीअनुसार भुटानमा फँसेका प्रवासी श्रमिकहरूमा अलिपुरद्वार जिल्लाका 31, जलपाईगढी जिल्लाका 5, कुचबिहार जिल्लाका 51, कोलकाताका 2 र दक्षिण व 24 उत्तर परगनाका 2 जना श्रमिकहरू सामेल छन्। अलिपुरद्वार जिल्ला परिषदका मेन्टर मोहन शर्मा र अन्य प्रशासनिक अधिकारीहरू श्रमिकहरूको स्वागत गर्नको लागि आज जयगाउँको भूटान गेटमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *