अदालतको आदेशमा सिलगढी नगरनिगमले भत्काइदियो अवैध निर्माण

सिलगढी (निसं): अदालतको आदेश अनुसार सिलगढी नगरनिगमले अवैध निर्माण भत्काइदिएको छ। सिलगढीको सूर्यसेन कोलनीको ए ब्लकमा स्थानीय निवासी खोकन चौधरीले अवैध निर्माण गरेको बारे आरती दे विरुद्ध नगर निगममा अभियोग गरेका थिए। तिनको आरोप अनुसार आरती दे ले केही वर्ष अघिदेखि घर पछिल्तिर अवैध निर्माण गरिरहेको छ। उक्त अभियोग पाएपछि अदालतले अवैध निर्माण भत्काइदिने आदेश दिएको थियो। यसबारे नगरनिगमले 3 पल्ट आरती देवीलाई नोटिस पठाए तापनि तिनले उक्त नोटिसको पर्वाह गरिनन्। अन्ततः आज सिलगढी नगरनिगमले उक्त अवैध निर्माण भत्कादिएको छ। आरती दे को छिमेकी शेखर चौधरीले बताएअनुसार अवैध गतिविधिविरुद्ध अदालतको फसेला तथा नगरनिगमको भूमिका सराहनीय छ। अर्कोतिर, आरती दे ले भनिन्, खोकन चौधरीले बदला लिनको लागि यस प्रकारको अभियोग गरेको हो। पहिला खोकन चौधरीको घरमा बर्फ फुटाउने मसिन चल्ने गर्थ्यो। यसले गर्दा छेउछाउको घरहरूमा कम्पन हुने गर्दथ्यो। घटनाको विरोध गर्दै रोक्नको लागि नगरनिगममा अभियोग गरेपछि खोकन चौधरीले तिनलाई बदला लिनको लागि यस प्रकारको अभियोग गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *