अदालतको निर्देशपछि भत्काइयो जलपाईगढीको टिस्टा नदी तटस्थित अवैध रेस्टुराँ

जलपाईगढी : हाईकोर्टको निर्देशपछि जिल्ला प्रशासनले जलपाईगढीको टिस्टा नदी किनारमा रहेको अवैध रेस्टुराँ भत्काइदिएको छ। जिल्ला प्रशासनले विशाल पुलिस वाहिनीलाई साथमा लिएर उक्त अभियान चलाएको हो। टिस्टा नदी किनारमा अवैध रूपमा चलाइरहेको रेस्टुराँहरूमा प्रत्येक दिन साँझपछि 5 सयभन्दा अधिक मानिसहरूको भीड हुने गरेको जलपाईगढी सहरमा कोरोना संक्रमण बढ्न सक्ने सम्भावना रहेको छ।


जलपाईगढी सर्किट बेञ्चमा यस विषयमा एउटा मामिला दर्ता गरिएको छ। यसैको आधारमा कोलकाता उच्च न्यायलयको जलपाईगढी सर्किट बेञ्चका न्यायाधीश राजश्री भारद्वाजले उक्त अवैध निर्माणलाई भत्काउने निर्देश दिएपछि आज बिहान अवैध निर्माण भत्काएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *