अढाई वर्षपछि आजदेखि खोलियो जयगाउँको भूटान गेट

अलिपुरद्वार : कोरोना महामारीले गर्दा गत अढाई वर्षदेखि बन्द रहेको भारत-भूटान सीमावर्ती सहर जयगाउँको भूटान गेट मानिसहरूको लागि आजदेखि खोलिदिएको छ। आज बिहान भूटानका प्रधानमन्त्री लोटे छिरिङको उपस्थितिमा भूटान गेट खोलियो। यस अवसरमा दुवै देशको तर्फबाट एउटा कार्यक्रमको आयोजना गरियो। आजदेखि भूटान गेट खोलिएपछि धेरै संख्यामा मानिसहरू भूटान गए। भूटान गेट खोलिएपछि जयगाउँ सहरमा खुशीको माहौल देखियो। भूटानका प्रधान मन्त्री लोटे छिरिङले बताएअनुसार कोरोनाको परिस्थिति साम्य भएपछि आजदेखि मानिसहरूको लागि भूटान गेट खोलिएकोमा निक्कै खुशी लागेको छ। भूटान घुम्न आउने पर्यटकहरूको सुविधाको लागि विविध प्रकारको व्यवस्था गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *