अढाई करोड रुपियाँ मूल्यको ब्राउन सुगर सहित 2 जना पक्राउ

राजगञ्ज : स्पेसल अपरेसन ग्रुप (एसओजी) र न्यु जलपाईगढी थाना पुलिसले संयुक्त अभियान चलाएर लगभग अढाई करोड रुपियाँ मूल्यको ब्राउन सुगर सहित 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा मालदा निवासी नासिरूल हक र आरिफ शेख सामेल छन्। गोप्य सूचनाको आधारमा हिजो साँझ फुलबारीको क्यानल रोड इलाकामा अभियान चलाएर संदिग्ध दुईजना व्यक्तिलाई रोकेर छानबीन गर्दा लेडिस ह्यान्ड ब्यागबाट लगभग 1 केजी 300 ग्राम ब्राउन सुगर उद्धार गरेको छ। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लगभग अढाई करोड रुपियाँ रहेको बताइएको छ। पक्रा परेका 2 जना व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *