आधार फाउन्डेसनको तकभर प्रथम विभागमा शाखा गठन

दार्जिलिङ (निसं): दार्जिलिङको तकभर प्रथम विभागमा आज आधार फाउन्डेसनको शाखा गठन गरियो। आधार फाउन्डेसनको विचार अनि कर्मलाई बुझेर तकभर प्रथम विभाग समाजको निर्णय अनुसार नै आधार फाउन्डेसनको शाखा खोलेको भन्ने कुरा सभामा अवगत गराइयो। मन बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको सभामा आधार फाउन्डेसन केन्द्रीय समितिका प्रमुख चन्द्र रामुदामु, केन्द्रीय समितिका को-अर्डिनेटर विकास रामुदामु, प्रमुख सल्लाहकार दिपक विश्वकर्मा, केन्द्रीय समितिका सदस्य धनराज राई आदि उपस्थिति थिए। चन्द्र रामुदामुले आधार फाउन्डेसन सम्बन्धी सबै विषयमा स्पष्ट पारेपछि सभाको निर्णय अनुसार प्रतिनिधिहरू चयन गरियो,जसमा सभापति देवभक्त थोलोच, उप-सभापति धरम विश्वकर्मा, सचिव विजय विश्वकर्मा सहसचिव प्रमेश धतानी, कोषाध्यक्ष अनुका सुनुवार, उप-कोषाध्यक्ष सुष्मिता दुराल लगायत दस जनाको कार्यकारिणीहरु सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *