अधिक वर्षाले सिलगढी सहरका धेरै ठाउँ जलमग्न

सिलगढी : आज बिहानदेखि परेको अधिक वर्षाले गर्दा सिलगढी सहरलगायत यसको छेउछाउका इलाकाहरू जलमग्न भएकोले जनजीवन अस्त-व्यस्त बन्न पुगेको छ। सिलगढी सहरको हाकिमपाड़ा र हैदरपाड़ा क्षेत्र जलमग्न भएको छ। स्थानीय मानिसहरूको आरोपअनुसार यहाँ जल निकासी व्यवस्था राम्रो नभएको कारण वर्षाको समयमा इलाका जलमग्न हुने गर्दछ। हैदरपाड़ा बजार नजिक सड़कमा पानी घुँडासम्म जमेको छ भने यहाँको केही घरहरूभित्र पानी पसेकोले गर्दा केही मानिसहरू अन्य ठाउँमा आश्रय लिन बाध्य बनेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *