अधिक वर्षाले भत्कियो धुपगढीस्थित डुडुआ नदीको बाँध

धूपगढी: अधिक वर्षाको कारण धुपगढी ब्लकको सांकोयाझोडा 2 नम्बर ग्राम पञ्चायत इलाकाको डुडुआ नदीको बाँध भत्किएको छ। तथापि स्थानीय मानिसहरूले भत्किएको बाँधको मरमति कार्य ब्लक प्रशासनको पहलमा शुरू गरेको बताइएको छ। बाँध बनिएको एक वर्ष पनि राम्ररी बित्न नपाई भत्किएको स्थानीय मानिसहरूले आरोप लगाएका छन्। यस बाँधको निर्माण कार्यको गुणवत्ता माथि प्रश्न चिन्ह खडा गर्दै निम्न स्तर समानको प्रयोग तथा कार्यले गर्दा नै बाँध चाँडै भत्किएको गाउँलेहरूको आरोप रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *