अधिक वर्षाले भत्कियो कालचिनीको तोरीबारीस्थित भुटानको सिमाना देवाल

कालचिनी : अधिक वर्षाले गर्दा अलिपुरद्वारको कालचिनी ब्लक अन्तर्गत पर्ने तोरीबारी इलाकामा भुटानको सिमानाको देवाल भत्किँदा भुटानबाट आएको पानी तोरीबारी गाउँमा पस्दा बाढ़को स्थिति उत्पन्न भएको छ। गत राति लगातार परेको पानीले गर्दा लगभग 200 मीटर भुटानको सिमानाको देवाल भत्किँदा झोडा लगायत इलाकाको योगीखोला, गोबरजदी र अन्य नदीहरूको जल स्तर निक्कै बढेको छ। यसले गर्दा इलाकाका मानिसहरू निक्कै प्रभावित बनेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *