अधिक वर्षाले गर्दा अठारखाई अन्तर्गत माउरिया बस्तीको 4 वटा घर बगायो नदीले

सिलगढी : दुई दिनदेखि लगातार परिरहेको अधिक वर्षाले गर्दा पूर्व रङ्गियाको अठारखाई ग्राम पञ्चायत अन्तर्गत माउरिया बस्तीको 4 वटा घर नदीले बगायो। लगातार परिरहेको पानीले गर्दा बालासन नदीको जलस्तर निक्कै बढेपछि नदीको माटो कटावले गर्दा गत अबेर राति अठारखाई ग्राम पञ्चायत अन्तर्गत बालासन नदी किनारस्थित माउरिया बस्तीको 4 वटा घर नदीले बगाएर लगेको बताइएको छ। तथापि, उक्त घटनामा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको थाहा लागेको छ। उक्त क्षेत्रको 4 वटा घर नदीले बगाएपछि हाल ती परिवारहरू बेघर भएका छन् भने प्रशासनको तर्फबाट तिनीहरूलाई सरकारी स्कूलमा राखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *