अधिक वर्षाले गर्दा फुलबारीको विभिन्न इलाका जलमग्न, मानिसहरू समस्यामा

फुलबारी:  रातभरि लगातार परेको पानीले फुलबारीको विभिन्न इलाका जलमग्न बनेको छ। प्राप्त जानकारी अनुसार सिलगढी संलग्न फुलबारी 2 नम्बर ग्राम पञ्चायतको राजीव नगर गाउँका केही घरहरूभित्र पानी पसेपछि मानिसहरू समस्यामा छन्। यसबाहेक गत रातभरि परेको पानी पश्चिम धनतला, सिपाईपाडा, छोबाभिटा, कालाङ्गिनी लगायत विभिन्न इलाकाको सडकमा जमेपछि उक्त सडक भएर आवतजावत गर्ने मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। स्थानीय मानिसहरूले बताएअनुसार फुलबारीको विभिन्न इलाका जलमग्न बनेकोले यातायात गर्नमा निक्कै समस्या भइरहेको छ। यहाँको केही घरहरूभित्र पानी पसेपछि मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। इलाकामा जल निकासी व्यवस्था राम्रो नभएकोले गर्दा नै प्रत्येक वर्ष पानी पर्नसाथ यहाँ पानी जम्ने गर्दछ। इलाकामा जल निकासी व्यवस्था गरिदिने स्थानीय मानिसहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *