अधिक वर्षाले गर्दा मतिगढाको बालासन पुल क्षतिग्रस्त भएकोले वाहनहरूको चलाचल बन्द

सिलगढी : लगातार परेको पानीले गर्दा सिलगढी मतिगढाको बालासन पुल क्षतिग्रस्त बनेको छ। अधिक वर्षाले गर्दा उक्त पुलको माझको एउटा पिलरलाई आंशिक क्षति पुगेकोले गर्दा उक्त पुल भएर ठुल्ठुला वाहनहरूको चलाचल बन्द गरिदिएको छ। हाल उक्त पुल भएर केवल दुई चक्के वाहन लगायत मानिसहरूलाई मात्र आवत-जावत गर्न दिइरहेको छ। सिलगढी पुलिस कमिश्नर गौरव शर्माले बालासन पुलको निरीक्षण गर्नको साथै उक्त पुल भएर कुनै पनि ठुलो वाहनहरूलाई चलाचल गर्न नदिने ट्राफिक पुलिसलाई निर्देश दिएका छन्। लगातार परिरहेको अधिक वर्षाले गर्दा बालासन पुल क्षतिग्रस्त बनेको साथै उक्त पुलको मरमति नभएसम्म अन्य मार्ग भएर वाहनहरूको चलाचल गर्ने निर्देश दिएको कमिश्नर गौरव शर्माले बताए। उक्त इलाकामा धेरै संख्यामा ट्राफिक पुलिसलाई तैनाथ गरिएको छ। बालासन पुल बन्द भएकोले गर्दा नौकाघाट, फुलबारी, फाँसीदेवी भएर बस लगायत अन्य ठुल्ठुला वाहनहरू चलाचल गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *