अधिक वर्षाले जीआरपीएफ-को बाउन्ड्री वाल भत्किँदा दुर्गानगर कोलनीको धेरै घरहरू क्षतिग्रस्त, इलाकावासीद्वारा क्षोभ प्रकट

सिलगढी : गत राति परेको अत्याधिक वर्षाले गर्दा सिलगढीको महात्मा गाँधी मोड़ (एयरभ्यू मोड़) संलग्न जीआरपीएफ-को पर्खाल भत्किँदा दुर्गानगर कोलनीको धेरैवटा घर क्षतिग्रस्त बनेको छ। प्राप्त जानकारी अनुसार जीआरपीएफको बाउन्डरी वाल बनेपछि दुर्गानगर कोलनीका मानिसहरूले विभिन्न समस्याको सामना गर्न परिरहेको छ। यसबारे बारम्बार जीआरपीएफ-का अधिकारीहरूलाई खबर दिए तापनि कुनै पहल नगरेको इलाकावासीको आरोप रहेको छ। यसपछि गत राति अत्याधिक वर्षाले गर्दा जीआरपीएफ-को पर्खालको एउटा भाग भत्किँदा त्यहाँको पानी इलाकाको केही घरहरूमा पसेपछि धेरै घरहरूलाई क्षति पुर्‍याएको बताइएको छ। उक्त घटनापछि इलाकाका मानिसहरूले क्षोभ प्रकट गरे।


घटनाको जानकारी पाएर आज बिहान 4 नम्बर वार्डका पूर्व पार्षद परिमल मित्रले इलाकाको निरीक्षण गरे। यस अवधि तिनले भने, घटनाबारे धेरैपल्ट जीआरपीएफ-का अधिकारीहरूलाई खबर दिए तापनि हालसम्म कुनै समाधान गरेको छैन। आज फेरि जीआरपीएफ-का उच्च अधिकारीलाई घटनाबारे जानकारी गराइएको छ। स्थानीय मानिसहरूको भनाइ अनुसार वर्षाको मौसममा हल्का पानी पर्नसाथ जीआरपीएफ-को पर्खालको पानी इलाकाको घरहरू भएर बग्ने गरेकोले आफूहरूलाई धेरै समस्या हुने गर्दछ। गत राति पनि इलाकाको घरहरूभित्र पानी जमेकोले गर्दा धेरै सर-समानहरू क्षतिग्रस्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *