अधिक वर्षाले सुखानी पुललाई जोड्ने सडक भास्सिएपछि गाउँलेहरू समस्यामा

जलपाईगढी : रातभरि परेको मुसरधारे पानीले नगरकट्टा ब्लकको सुखानी नदीको जल स्तर बढेपछि सुखानी पुललाई जोड्ने सडक नदीको पानीमा भास्सिएपछि आज बिहानैदेखि मनमोहन धुरासित नगरकट्टाको सम्पर्क विच्छिन्न बन्न पुगेको छ। यसले गर्दा इलाकाका मानिसहरूले निक्कै असुविधाको सामना गर्न परिरहेका छन्। स्मरण रहोस, गत 3 वर्षअघि यस नदीमा बनिएको पुलको एउटा अंश भत्किए तापनि यसको मरमति गरिएको थिएन। प्रशासनको तर्फबाट केवल यसलाई जोड्ने सडक मात्र बनाएको थियो। यसैले गत राति परेको अत्यधिक वर्षाले गर्दा नदीको जल स्तर बढेपछि उक्त सडक नदीमा भास्सिँदा मनमोहन धुरासित नगरकट्टाको सम्पर्क विच्छिन्न बनेकोले इलाकाका मानिसहरूले समस्याको सामना गर्नपरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *