अधिक मात्रामा ब्राउन सुगर सहित 2 जना पक्राउ

सिलगढी : धेरै मात्रामा ब्राउन सुगर सहित 2 जना कोरियर बोइजलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा दीपक साहनी (26) र रञ्जीत राय (33) सामेल छन् भने तीमध्ये दीपक साहनी डालखोला र रञ्जीत राय रायगञ्ज निवासी हुन्। गोप्य सूचनाको आधारमा एसओजी र आशिघर थाना पुलिसले संयुक्त अभियान चलाएर अधिक मात्रामा ब्राउन सुगर सहित ती दुईजनालाई पक्राउ गरेको बताइएको छ। दीपक साहनी र रञ्जीत रायले मालदाबाट ब्राउन सुगर लिएर सिलगढीमा तस्करी गर्नको लागि आशिघर आउटपोस्ट अन्तर्गत चुडामिल नजिक उभिरहेका थिए। एसओजीले यसबारे खबर पाएपछि आशिघर आउटपोस्ट पुलिसको सहयोगमा संयुक्त अभियान चलाएर सन्देहको आधारमा एउटा वाहनमा छानबीन गर्दा 650 ग्राम सुगर उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले ती दुईजना व्यक्तिलाई पक्राउ गरेर घटनाको जाँच शुरू गरेको छ। पक्रा परेका दुईजना व्यक्तिलाई भोलि मंगलबार सिलगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *