अधिक मात्रामा गाँजा, रुपियाँ सहित ससुरा-बुहारी पक्राउ

सिलगढी : मतिगढा थाना पुलिसले तस्करी गर्न अगावै अधिक मात्रामा गाँजा, लगभग 34 लाख 40 हजार रुपियाँ सहित ससुरा-बुहारीलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार आज बिहान मतिगढा थाना पुलिसले सुकान्तपल्ली इलाकामा अभियान चलाएर लगभग 45 केजी गाँजा, 34 लाख 40 हजार रुपियाँ सहित ससुरा-बुहारीलाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको रुपियाँ तिनको घरभित्र जमिनमुनि लुकाएर राखेको थियो। पक्रा परेकाहरूमा बाबलु मोहम्मद र फातिमा बेगम सामेल छन्। कुचबिहारबाट सिलगढीमा तस्करी गर्ने उद्देश्यले उक्त गाँजा ल्याएको पुलिस सूत्रले जनाएको छ। आज मतिगढा थानामा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर एसीपी मनिश यादवले यसबारे जानकारी गराएका छन्। उक्त घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको हुनसक्ने आशंकामा पक्रा परेका दुईजना आरोपीलाई पुलिस हिरासतमा लिएर सोधखोज गरिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *