अधिक मात्रामा प्रतिबन्धित पटेका सहित 1 जना पक्राउ

सिलगढी (निसं): मतिगढा थाना पुलिसले तुम्बाजोत इलाकास्थित एउटा घरबाट अधिक मात्रामा प्रतिबन्धित पटेका जफत गरेको छ। यसको साथै घटनामा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति अभिषेक कुमार सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार मतिगढा थाना पुलिसले यहाँको  तुम्बाजोत इलाकाको एउटा घरमा अधिक मात्रामा प्रतिबन्धित पटेका राखेको गोप्य सूचना पाएपछि आज उक्त घरमा अभियान चलाएर प्रतिबन्धित पटेका उद्धार गरेको बताइएको छ। उद्धार गरेको पटेकाको अनुमानित बजार मूल्य 50 हजारभन्दा अधिक रहेको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *