अधिक मात्रामा प्रतिबन्धित कफ सिरप सहित 2 जना युवक पक्राउ

सिलगढी: मतिगढा थाना पुलिसले प्रतिबन्धित कफ सिरप सहित 2 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू मतिगढाको विश्वास कोलनी निवासी एमडी तैजुल र नीरज थापा सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति प्रतिबन्धित कफ सिरप बोकेर दुईजना युवक परिवहन नगरमा बिक्री गर्नको लागि पुगेका थिए। कफ सिरप बिक्री गर्न अगावै पुलिसले सन्देहको आधारमा ती दुईजना युवकलाई पक्रेर छानबीन गर्दा एउटा ब्यागबाट लगभग 50 बोतल प्रतिबन्धित कफ सिरप उद्धार गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *