अधिक मात्रामा प्रतिबन्धित क्याप्सूल सहित दुई जना युवक पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत विभिन्न थानाले लगातार नशालु पदार्थहरूको किन-बेच तथा यसको सेवनको विरोधमा अभियान चलाइरहेको छ। यही अभियान अन्तर्गत गत राति भक्ति नगर थानाको पुलिसले सादा पोशाकमा धेरै मात्रामा प्रतिबन्धित क्याप्सूल सहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सिलगढी नगर निगमको 43 नम्बर वार्ड भानु नगर निवासी खोखन सूत्रधर (37) र वार्ड नम्बर 41-को शास्त्री नगर निवासी प्रेम विश्वकर्मा (27) सामेल छन्। तिनीहरू दुवैलाई आज जलपाइगढी अदालतमा पेश गरियो। सूत्रले दिएको जानकारी अनुसार यी दुवै युवक केही महिना अघिदेखि नै यस प्रकारको अवैध धन्दामा संलग्न थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *