अधिक मात्रामा रम-रक्सीसहित 3 जना पक्राउ

सिलगढी : गत दुई दिनको अवधिमा प्रधान नगर थाना पुलिसले कार्वाही गर्दै लगभग 200 बोतल देशी-विदेशी रम-रक्सी सहित 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत मङ्गलबार राति प्रधान नगर थाना पुलिसले सादा पोसाकमा देवीडाङ्गा इलाकामा अभियान चलाकर घरमा अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा अजय गुरुङलाई पक्राउ गर्नको साथै 100 बोतल रम-रक्सी उद्धार गरेको छ। यसैगरी, गत राति चम्पासरी र मिलन मोड़ इलाकामा अभियान चलाएर देशी-विदेशी 100 बोतल रम-रक्सी सहित फणीन्द्र रिजाल र सूर्य दासलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *