अधिक मात्रामा रम-रक्सीसहित युवक पक्राउ

सिलगढी: सिलगढीको खालपाड़ा पुलिसले आज अधिक मात्रामा देशी-विदेशी रम-रक्सीसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम रविन्द्र चौधरी बताइएको छ। तिनी सिलगढी नगर निगमको वार्ड नम्बर 18 को हकर्स कर्नरका निवासी हुन्। खालपाड़ा पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी युवकलाई विवेकानन्द रोडको खालपाड़ाबाट पक्राउ गरिएको हो। तिनको स्कूटीबाट पुलिसले धेरै मात्रामा देशी-विदेशी रम- रक्सी उद्धार गरेको छ। पुलिसले अघिको कार्वाही शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *