अधिक मात्रामा अवैध रम-रक्सी जफत, चालक भाग्न सफल

जलपाइगढ़ी: जलपाइगढ़ीको कावाखाली थाना पुलिसले अधिक मात्रामा अवैध रम-रक्सी जफत गरेको छ। गोप्य सूचनाको आधारमा पुलिसले जलपाइगढ़ी शहर संलग्न इञ्जीनियरिंग कलेज मोड़ इलाका छेउ राष्ट्रिय मार्गमा अभियान चलायो। यस अवधि पुलिसले एउटा ट्रक रोकेर छानबिन गर्दा अधिक मात्रामा अवैध रम-रक्सी फेला पारेको छ। उक्त जफत गरिएको अवैध रम-रक्सीको बजार मूल्य लगभग 12 लाख रुपियाँ रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार भूटानबाट ल्याइरहेको यी रम-बियरहरू बिहारमा लगिरहेको थियो। तर यसभन्दा अगावै पुलिसले अभियान चलाएर पक्राउ गरेको छ। उक्त घटनामा ट्रक चालक सुइँकुच्चा ठोक्न सफल भएको छ। पुलिसले घटनाको छानबिन गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.