अधिक पानी परेकोले अशोकनगर जलमग्न, स्थानीय मानिसहरूद्वारा क्षोभ प्रकट

सिलगढी : गत साँझ परेको अत्याधिक वर्षाले गर्दा सिलगढी 31 नम्बर वार्डको अशोकनगर इलाकामा निक्कै पानी जमेकोले गर्दा स्थानीय मानिसहरूले धेरै नोक्सानको सामना गर्नुपर्यो। यहाँको घरहरूमा पानी पसेर बेडरूमदेखि लिएर भान्साकोठा जलमग्न बनेपछि यहाँको धेरैजसो घरहरूमा मानिसहरूले रातिको खाना समेत पकाउन सकेनन्। स्थानीय मानिसहरूले बिस्कुट र मुरी खाएर रात बिताए। धेरै समय अघिदेखि अशोकनगर इलाकामा पानी जम्ने गरे तापनि यसलाई लिएर कुनै पहल गरेको छैन। स्थानीय मानिसहरूको आरोप अनुसार चुनाउ आउँछ जान्छ तर हालसम्म पनि यहाँको पानी जम्ने समस्याको समाधान भने कसैले गरेको छैन। पानी पर्न साथ आफूहरूलाई निक्कै चिन्ता लाग्ने गर्दछ। गत साँझ परेको मुसलधारे पानीले यहाँको धेरैजसो घरहरूमा पानी पसेर निक्कै समस्या भइरहेको छ। अर्कोतिर, आज बिहान वार्ड पार्षद मौमिता मण्डलले उक्त इलाकाको निरीक्षण गरेर स्थानीय मानिसहरूसित कुराकानी गरे। अत्याधिक वर्षाले गर्दा इलाकामा पानी जमेकोले यसलाई कसरी निकाल्न सकिन्छ भन्ने विषयमा विचार गरिरहेको तिनले बताइन्। इलाकाको परिस्थितिलाई लिएर केही मानिसहरूले क्षोभ प्रकट गरे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *