अधिवक्ता बिशाल लामासहित युवाहरू गोरामुमोमा सामेल

खरसाङ: गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा आयोजित अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न सभामा खरसाङ शहरका केही युवाहरु गोरामुमोमा सामेल भएका छन्। यसैक्रममा वार्ड नम्बर 18 निवासी पेशाले अधिवक्ता रहेका बिशाल लामा गोरामुमोमा सामेल भएका छन्। तिनी वाहेक, वाङडुप छिरिङ लामा वार्ड नम्बर 18 , राजीव प्रधान वार्ड नम्बर 14 , उत्तम लामा वार्ड नम्बर 20, पोलसाङ लेप्चा वार्ड नम्बर 20, कपिल ब्राह्मण वार्ड 7, रिन्छेन लामा र एन्थोनी लेप्चा वार्ड नम्बर 3 आदिले गोरामुमोलाई समर्थन जनाएका छन्। खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाले गोरामुमोमा सामेल हुने ती सबै नयाँ युवाहरुलाई खदा लगाइ दिएर स्वागत जनाए। पेशाले अधिवक्ता भएकोले साथै खरसाङ न्यायालयका वरिष्ठ अधिवक्ता भएको कारण विशाललाई गोरामुमो खरसाङ ब्राञ्च कमिटीको निम्ति कानुनी सल्लाहकारको रूपमा नियुक्त गरेको छ। ब्राञ्च अध्यक्ष निमा लामाले नयाँ सदस्यहरुलाई बधाई अनि शुभकामना दिँदै आउँदो दिनहरुमा दलीय सिद्धान्त र अनुशासनमा रहेर कार्य गर्ने निर्देश दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *