अधिवक्ता नवीन सरकारको रहस्यमय ढङ्गमा मृत्यु, सिलगढी बार एसोसिएशनद्वारा पुलिस कमिश्नरलाई ज्ञापन

सिलगढी (निसं) अधिवक्ता नवीन सरकारको रहस्यमय ढङ्गमा मृत्युको घटनाको पुलिसले 27 दिसम्बरमा रहस्योत्घाटन गर्ने भएको छ। सिलगढी पुलिस कमिश्नर सी सुधाकरले आज सिलगढी बार एसोसिएशनलाई यसबारे आश्वसन दिएका छन्। स्मरण रहोस्, गत 4 दिसम्बर बिहान एनजेपी थाना पुलिसले फुलबारी मर्डर मोड संलग्न टिस्टा क्यानलबाट अधिवक्ता नवीन सरकारको शव उद्धार गरेको थियो। नवीनको यस प्रकारले अचानक मृत्यु भएको खबर सुनेर परिवार तथा सिलगढी एसोसिएशनका सदस्यहरू स्तब्ध भएका थिए। तिनका परिवारले नवीनको हत्या भएको आशंका व्यक्त गरेको थियो। अर्कोतिर,  बार एसोसिएशनले पुलिसलाई उक्त घटनाको निष्पक्ष जाँच गर्ने माग गरेको थियो। नवीनको मृत्यु भएको 14 दिन बितिसक्दा पनि हालसम्म मृत्युको सटीक कारण थाहा लागेको छैन। यसैले आज सिलगढी बार एसोसिएशनका सचिव आलोक धाराले कमिटीका सदस्यहरूको साथमा सिलगढी पुलिस कमिश्नर सी सुधाकरसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। यस अवधि पुलिस कमिश्नर सी सुधाकरले नवीन सरकारको रहस्यमय ढङ्गमा मृत्यु काण्डको सबै एङ्गलमा जाँच भइरहेको साथै आगामी 27 दिसम्बरमा पुलिसले जाँच पुरा गरेर रिपोर्ट सुम्पिने सिलगढी बार एसोसिएशनलाई आश्वासन दिएका छन्। अर्कोतिर, सिलगढी बार एसोसिएशनका सचिव आलोक धाराले पुलिसको जाँच निकै सुस्त गतिमा चलिरहेको बताए। घटनाको 15 दिनभन्दा अधि समय बितिसक्दा पनि हालसम्म नवीन सरकारको मृत्युको सटीक कारण पत्तो लगाउने सकेको छैन। यसैले आज सिलगढी पुलिस कमिश्नरसित भेट गरेर एसोसिएशनको तर्फबाट ज्ञापन पत्र चढाएको हो। तथापि, पुलिस कमिश्नरले आगामी 27 दिसम्बरसम्म नवीनको रहस्यमय ढङ्गमा मृत्यु काण्डको जाँच रिपोर्ट सुम्पिने जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *