आदिवासी विकास परिषद आलिपुरद्वार जिल्ला कमिटीको तर्फबाट सांसद जोन बारलालाई ज्ञापन

नगरकट्टा: अखिल भारतीय आदिवासी विकास परिषद आलिपुरद्वार जिल्ला कमिटीको तर्फबाट आज क्षेत्रीय सांसद जोन बारलालाई तिनकै बासगृहमा भेटेर 12 सुत्रीय मागलाई लिएर ज्ञापन बुझाएको छ। प्रतिनीधि टोलीमा सामेल कमिटीका जिल्ला सचिव विनय मुर्मु, आलिपुरद्वार जिल्ला सह सचिव प्राण सुरिन, फालाकाटा खण्डका अध्यक्ष गौतम टोप्पो, बितान चिकबराइक, अशोक सन्थाल, राम सन्थालले 12 बुँदे माग उल्लेख गरिएको ज्ञापन पत्र सांसदलाई बुझाए। उक्त ज्ञापनमा 1871 सालको जनगणना देखि नै रहेको आदिवासीहरुको पहिलो अनुच्छेद हटाइएको छ त्यसलाई 2021-को जनगणनामा हाल्नु पर्ने, आदिवासीहरुको सादरी भाषालाई मान्यता, डुवर्स क्षेत्रलाई पाँचौ अनुसूचीमा अन्तर्भुक्त गर्नु पर्ने, आदिवासी समुदायको 8 वटा जातीलाई अनुसूचित जनजातिमा अन्तर्भुक्त गर्नु पर्ने, स्कुलहरुमा सादरी भाषामा पठन पाठन शुरु गर्नु पर्ने आदि जस्ता मागहरू सामेल रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *