आदिवासी मेलाबारे श्रमिक संगठनलाई खबर नदिएकोमा आपत्ति

बानरहाट: धुपगढी ब्लक कार्यालयको आयोजनामा गेन्द्रापाडा चियाबारीमा भइरहेको आदिवासी मेलाको आज दोस्रो दिन स्थानीय चियाबारी श्रमिक संगठन चियाबारी तृणमूल कङ्रेद्स मजदुर युनियनका नेताहरुले एउटा पत्रकार सम्मेलन डाकेर निराश व्यक्त गरे। तिनीहरूले कार्यक्रम सरकारी भए तापनि चियाबारीमा भएको कारण यहाँको श्रमिक संगठनहरुलाई कुनै खबर नभएको कारणले यो कार्यक्रममा भने जस्तो मानिसहरु नआएको बताए। यदि संगठनलाई खबर दिएको भए प्रबन्धक पक्षसँग कुराकानी गरेर छुट्टीको पनि व्यवस्था गरिने थियो भनी बताए। तथापि तिनीहरुले यो मेलाको खुलेर प्रशंसा गर्दै यस प्रकारको मेला लगाएर आदिवासी समुदायहरुको सांस्कृतिक, सामाजिक गतिविधिहरुको जगेरा हेतु आयोजना गरिदिएकोमा धन्यवाद दिए। प्रशासनको तर्फबाट मेलाको आयोजनाबारे सत्तारूढ पार्टीकै श्रमिक संगठनलाई समेत जानकारी नगर्नु नै दुखको कुरा रहेको तिनीहरूले बताए। आजको पत्रकार सम्मेलनमा संयोजक मोहन राम महाली, गेन्द्रापाडा चियाबारीका सभापति बिक्रम महाली, सचिव अमर लोहार, नसिब महाली, भगवानदास महाली, बिजय भुइँया,बिजय उराँव, शम्भु सिंह आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *