अध्यक्ष अजय एड्वर्डद्वारा सोम चियाबारी सार्वजनिक भवनको अधुरो निर्माण कार्य शुरू

दार्जिलिङ: गोरामुमोको समाजिक सेवा अभियानलाई जारी राख्दै गोरामुमो सिंहमारी टकभर समष्टि अन्तर्गत सोम चियाबारी बैसे समाजमा रहेको अधुरो सार्वजनिक भवनलाई ब्राञ्च अध्यक्ष अजय एड्वर्डको एड्वर्ड फाउण्डेसन मार्फत निर्माण कार्य शुरु गरिएको छ। यसबारे गोर्खा एकता चालक संगठनका महासचिव भरत तिरुवाले जानकारी दिएका छन्। हालै केही दिन अघि अजय एड्वर्डको सिंहमारी टकभर समष्टि भ्रमणको क्रममा स्थानीय बासिन्दाहरुले अधुरो रहेको सार्वजनिक भवनलाई पूरा गरिदिने अपिल गरेका थिए । गोरामुमो समष्टि सभापति प्रतिम सुब्बा अनि गोर्खा एकता चालक संगठनका प्रतिनिधि टोलीलाई निर्माणको निम्ति चाहिने सर-समानहरु समाजलाई प्रदान गरेर निर्माण कार्यको शुरूवात गरेको भरत तिरुवाले जानकारी दिएका छन्। अर्कोतिर, स्थानीय वासिन्दाहरुले खुशी भएर अजय एड्वर्डलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *