एडवर्ड फाउन्डेसनद्वारा सिविटार चियाबारी क्षेत्रमा तारपोलिन वितरण

खरसाङ: एडवर्ड फाउन्डेसनद्वारा अविरल वर्षाको कारण पैह्रोले क्षति पुराएको सिविटार चियाबारी क्षेत्रमा तारपोलिनहरू वितरण गरियो। खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायत अधीनस्थ रहेको सिविटार क्षेत्रमा एडवर्ड फाउण्डेसनको तर्फबाट पैह्रो प्रभावित क्षेत्रको परिभ्रमण गरी तारपोलिन वितरण गरियो। यस अवसरमा फाउण्डेसनका प्रतिनिधि टोलीको रूपमा प्रेम राई, महेन्द्र राई अनि रेजिना तामाङले स्थलगत भ्रमण गरेर तारपोलिनहरू वितरण गरे। महानदीदेखि सिविटार, गिताङ्गे हुँदै शिवखोला पुग्ने सड़क बाधित बनेको थियो। त्यसैले उक्त टोलीले सिविटारको नेटवर्क डाँड़ामा गएको पैह्रोमा आएर तारपोलिनहरू लगाउने कार्य गरेको बताइएको छ। त्यसैगरी गैरी गाउँमा मदन तिवारीको घरमा पनि उक्त टोलीद्वारा तारपोलिन प्रदान गरियो। ग्रामवासीहरूले उक्त सहयोगको निम्ति अजय एडवर्ड अनि तिनको टोलीलाई धन्यवाद दिएका छन्। गाउँवासीहरूको पक्षबाट बिगेन्द्र छेत्रीले यसरी सिविटारमा आएर नै सहयोग गरेकोमा एडवर्ड फाउण्डेशनप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *