अफगानिस्तानबाट सकुशल फर्किए दार्जिलिङका राजेश थापा लगायत अन्य

सिलगढी : अफगानिस्तानमा देशको स्थिति डाँवाडोल बन्न पुगेपछि गत हप्तादेखि फँसेका धेरैजना भारतीयहरूलाई तिनीहरूको घर फर्काइने व्यवस्था शुरू गरिएको छ। दार्जिलिङ तथा कालेबुङ जिल्लाका लगभग 200 जना मानिसहरू अफगानिस्तानमा फँसेका थिए भने हाल घर फर्काइने व्यवस्था गरेपछि तिनीहरू आफ्नो घर फर्किन थालेका छन्। यसै क्रममा आज बिहान विमान मार्फत् केही मानिसहरू सिलगढीको बाघडुग्रा विमानअड्डामा आइपुगे। यस असवरमा दार्जिलिङका राजेश थापाले बताएअनुसार तिनी अफगानिस्तानको काबुलमा धेरै समय अघिदेखि सुरक्षा गार्डको काम गर्दै आइरहेका थिए। अफगानबाट आफूहरू सकुशल घरसम्म फर्काउने व्यवस्था गरिदिएकोमा तिनले सरकारप्रति विशेष आभार प्रकट गरे। अफगानिस्तानको वर्तमान परिस्थिति निक्कै भयावह रहेको साथै कुनै पनि समय केही पनि हुनसक्ने अवस्थामा रहेकोले सरकारी सहयोगमा आफूहरू भाग्यले बाँचेर सकुशल आज घर फर्किनसकेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *