अफवाहको पछि नलाग्ने मिरिक वार्ड पार्षदिकाको आह्वान

मिरिक: मिरिक नगरपालिकाको 2 नम्बर वार्ड पार्षदिका श्रीमती पुनम विश्वले कोरोना विषयमा अफवाहको पछि नलाग्ने अनि अफवाह नफैलाउने सबैसित आह्वान गरेकी छन् । शनिबार र आइतबार वार्ड नम्बर दुइमा एकजना समाजसेवी व्यक्ति सिलगढी घरबाट आफ्नो घर फर्केपछि होम क्वारेन्टाइनमा बसेका थिए अनि तिनको श्रीमती अचानक विमार भएर अस्पताल लाँदा कोरोना सङ्क्रमितको अफवाह फैलिएर मानिसहरु आतङ्कित बनेका थिए । वास्तावमा उक्त महिला ग्यास्टिकको कारण सास बढ्ने बिमारी भएको साथै तिनी निको भएर हाल घर फर्किसकेकी छन्। तर कोरोना महामारीसँग जोडेर अफवाह फैलिएकोले तिनको घर-परिवारमा मानसिक प्रभाव बढेर गएको बताइएको छ। यसै विषयमाथि बोल्दै वार्ड पार्षदिका श्रीमती पुनम विश्वले अफवाह फैलिनाले समस्या भएको बताइन् । तिनले मिरिक व्यवसाय सङ्गठनको अथक सहयोगले ठूलो समस्या नभइरहेको अनि बजार पनि बिहानदेखि दिउँसो 1 बजीसम्म खुल्ला राखेर उप्रान्त बन्द हुने क्रम जारी रहेको जानकारी दिँदै मिरिक बजार क्वारेन्टाइन मनिटेरिङ समितिले ठूलो सहायता पुरयाइरहेकोले ठूलो समस्या नभएको श्रीमती विश्वले दावी गरिन् । तिनले मानिसहरु अफवाहको पछि लाग्छन् भन्दै आधिकारिक मिडीया सूचनालाई मात्र विश्वास गर्ने अनुरोध गरिन् । सुनेको भरमा सूचना सम्प्रेषण नगर्ने आग्राह गर्दै सामाजिक दुरीलाई रिती-तिथिको रुपमा नै मानिलिइने आग्रह गरेकी छन् । आवश्यक परेको अनि नितान्त जरुरी काम परेको समयमा मात्र बजार आउने तर अनावश्यक रुपमा नआउने पनि तिनले आग्रह गरिन्। । मिरिक नगरपालिका अध्यक्ष एलबी राईको मार्गदर्शन अनि सहयोगमा काम निरन्तर जारी रहेको अनि प्रत्येक वार्ड कमिश्नरहरुलाई प्रत्येक वार्डको जिम्मेवारी दिएकोले कोरोना भाइरस सङ्क्रमणलाई रोक्न र मानिसहरुलाई सुरक्षित राख्न कार्य जारी रहेको बताइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *