अगमसिंह गिरी विद्यालयका 80.71 % अङ्क ल्याएर दाछिरीङ शेर्पा बने मङपु टपर

मङपु (निस): मङपु अगमसिंह गिरी विद्यालयबाट माध्यमिक परीक्षामा सय प्रतिशत विद्यार्थीहरू उतीर्ण भएका छन् भने यसै विद्यालयका छात्र दाछिरिङ शेर्पाले 80.71 % अङ्क ल्याएर माध्यमिक परीक्षामा मङपु टपर बनेका छन्। यस वर्षको माध्यमिक परीक्षामा मङपु क्षेत्रको सबैजसो विद्यालयबाट सय प्रतिशत विद्यार्थीहरु उतीर्ण भएका छन्। यसैक्रममा स्थानीय सरस्वती उच्चत्तर माध्यमिक विद्यालयबाट 71 जना माध्यमिक विद्यार्थीहरू मध्ये 4 जना प्रथम स्थान अनि अन्य सबै उतीर्ण भएका छन्। ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालयबाट सय प्रतिशत विद्यार्थीहरू उतीर्ण भएका छन् भने 65 जना छात्र-छात्रामध्ये 1 जना प्रथम अनि अन्य सबै उतीर्ण भएका छन्। यसवाहेक, यहाँको शारदा उच्च माध्यमिक विद्यालयबाट सय प्रतिसत उतीर्ण भएका छन् भने मोठ 42 जना मध्ये 1 जना प्रथम स्थान ओगट्न सफल भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *