आँगनबाड़ी केन्द्रका नानीहरू पिउने पानीको समस्यामा

राजगञ्ज : राजगञ्ज ब्लकको 1 नम्बर टाकीमारी इलाकास्थित आँगनबाड़ी केन्द्रका नानीहरूले पिउने पानीको समस्या झेलिरहेका छन्। यस आगनबाड़ी केन्द्रमा लगभग 70 जना नानीहरू पढ्ने गर्दछन्। तर उक्त केन्द्रमा पिउने पानीको व्यवस्था नभएको कारणले गर्दा विद्यार्थीहरूलाई पानी पिउनको लागि छेवैमा रहेको घरमा जान परेको बताइएको छ। यति मात्र नभएर मिड डे मीलको लागि पनि छिमेकीको घरबाट पानी ल्याउने गरिन्छ। आँगनबाड़ी केन्द्रका कर्मी नमिता रायले आँगनबाड़ी केन्द्र नजिक एउटा पानीको कल रहे तापनि लामो समयदेखि उक्त कल बिग्रिएको अवस्थामा रहेको बताइएको छ। यसबारे सुपरभाइजरलाई जानकारी गराइसके तापनि कुनै पहल नगरेको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.