अज्ञात व्यक्तिको हात-खुट्टा बाँधेको अवस्थामा शव उद्धार

जलपाइगढी: जलपाइगढी जिल्लाको पहाड़पुर संलग्न बाजीतपाडा इलाकामा एकजना अज्ञात व्यक्तिको हात-खुट्टा बाँधेको अवस्थामा शव उद्धार गरेपछि यसलाई लिएर हो-हल्ला फैलिनको साथै इलाकामा आतंकको माहौल सृजना भएको छ। मृतकको शवलाई हालसम्म पनि गाउँलेहरूले चिन्हित गर्न सकेको छैन्। प्रारम्भिक जाँचमा पुलिसले आशंका गरे अनुसार उक्त व्यक्तिको हत्या पूर्व नियोजित तरिकाले गरिएको हो। स्थानीय मानिसहरूले आज बुधवार बिहान बाजीतपाड़ा इलाकामा एकजना अज्ञात व्यक्तिको शव देखेपछि यसबारे चारैतिर हो-हल्ला फैलिनको साथै घटनाबारे पुलिसलाई खबर दिए। खबर पाएर पुलिस घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा ल्याउनको साथै पोस्टमार्टमको लागि शवलाई पठाइदिए जाँचमा जुटेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *