अग्निकाण्ड इलाकाको मेयरद्वारा निरीक्षण साथै पीडित परिवारलाई सहयोग गर्ने दिए आश्वासन

सिलगढी : सिलगढी नगरनिगमको एक नम्बर वार्ड धर्मनगर इलाकामा हिजो बिहान आगलागी हुँदा धेरैवटा घर जलेर खरानी भएको थियो। सिलगढी नगरनिगमका मेयर गौतम देवले आज घटनास्थलको निरीक्षण गर्नको साथै अग्निपीड़ित परिवारसित भेटघाट गरे। यसको साथै तिनले वार्ड पार्षद सञ्जय पाठकसित पनि कुराकानी गरे। यस अवसरमा तिनले भने, यो एउटा एक्सिडेन्टल घटना हो। आगलागीमा केही मानिसहरूको घर जलेर खरानी भएको छ। आगलागीको समय तिनी सहरदेखि बाहिर थिए, तर डेपुटी मेयर र वार्ड पार्षदलाई फोन गरेर घटनाबारे जानकारी लिएको बताए। डीएमसित भेट गरेर अग्निपीडित परिवारलाई सहयोग गर्ने विषयमा कुराकानी गर्नेछु साथै डीएमले अग्निपीडित परिवारलाई यथासम्भव सहयोग गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *