अग्निकाण्डमा भ्यान चालकको घर जलेर खरानी, सरकारसित गरे सहयोगको अपील

सिलगढी : सिलगढीको कावाखालीमा आगलागी हुँदा एकजना भ्यान चालकको घर जलेर खरानी भएको छ। प्राप्त जानकारीअनुसार कावाखाली निवासी रजत दासको घरमा आज अपरान्ह अचानक आगलागी हुँदा घर पूर्ण रूपमा जलेर भष्म भएको बताइएको छ। पेशाले भ्यान चालक रजत दासले कुनै प्रकारले आफू लगायत परिवारको भरण पोषण गर्दै आइरहेका छन्। आज अपरान्ह सबैजना सदस्य कामको सिलसिलामा घरदेखि बाहिर गएको समय उक्त घरमा आगलागी हुँदा घरको सबै सर समानहरू जलेर खरानी भएको बताइएको छ। घटनापछि घरमा राखेको सुनको केही गर-गहना पनि हराएको बताउँदै यस्तो स्थितिमा अब कहाँ जानु, के गर्नु भन्नेबारे सोच्न समेत असक्षम रहेको तिनले जनाए। यस्तो परिस्थितिमा वित्तीय सहयोगको लागि तिनले सरकारसमक्ष अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *