अग्निकाण्ड पीडितलाई दार्जिलिङ सेवा संस्थाद्वारा सहयोग

मिरिक : मिरिक महकुमा अन्तर्गत पर्ने बुङकुलुङ बस्ती निवासी अग्निकाण्ड पीडित परिवारलाई दार्जिलिङ सेवा संस्था (डीएसएस)-ले सहयोगको हात बढाएको छ। बुङकुलुङ निवासी सामाजिक कार्यकर्ता एनबी लिम्बुले विभिन्न लोकल च्यानलहरूमार्फत् अग्निकाण्ड पीडित परिवारलाई सहयोग गर्ने सबैसित अपील गरेका थिए। यसैले दार्जिलिङ सेवा संस्था (डीएसएस)-का कार्यकर्ताहरू शशी योञ्जन, एफ योञ्जन, सुन्दर प्रधान, मेनुका प्रधान अनि उज्ज्वला प्रधानको टोलीले अग्नि पीडित  परिवारलाई राहत सामग्री प्रदान गरेको लिम्बुले बताए।


पीडित परिवारको पक्षबाट लिम्बुले उक्त संस्थाप्रति कृतज्ञता प्रकट गरे। स्मरण रहोस्, मिरिक महकुमा अन्तर्गत बुङकुलुङ बस्ती निवासी सुषमा मगर र रोशन मगरको घरमा सट सर्किटको कारण आगलागी हुँदा घरमा रहेको सर-सामग्रीहरू जलेर स्वाह भएको थियो। तिनीहरूको आर्थिक अवस्था कमजोर रहेकोले गर्दा गत वर्ष मात्र पश्चिम बङ्गाल मगर विकास बोर्डले घर निर्माण गरिदिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *