अग्निपीडित विद्यार्थीहरूलाई पुस्तक तथा लुगाफाटा प्रदान

सिलगढी : सिलगढी उच्चतर बालिका विद्यालयमा आज परिचालन समितिको बैठक सम्पन्न भयो। उक्त बैठकमा परिचालन समितिका अध्यक्ष गौतम देव, स्कुलकी प्रधानाध्यापिका अतुआ बाग्ची र  परिचालन समितिका अन्य सदस्यहरू उपस्थित थिए। उक्त बैठकमा विद्यालयको विभिन्न विकास कार्यहरूबारे चर्चा परिचर्चा गरियो। यसको साथै विद्यालयको स्वर्ण जयन्ती मनाउने विषयमा पनि चर्चा गरियो। बैठकपछि खुदीराम कोलनीको अग्निपीडित विद्यार्थीहरूलाई पुस्तक तथा लुगाफाटा प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *