अग्निपीडितहरूको सहयोगको लागि वाम काउन्सिलरहरूद्वारा नगरनिगमसमक्ष सहयोगको गुहार

सिलगढी : सिलगढी नगरनिगमको 18 नम्बर वार्डको खुदीराम कोलनीको अग्निकाण्ड पीडितहरूको हितमा विभिन्न माग गर्दै वाम काउन्सिलरहरू आज सिलगढी नगरनिगमसमक्ष गुहार लगाएका छन्। स्मरण रहोस्, गत शनिबार भीषण आगलागीमा खुदीराम कोलनीको लगभग 55 वटा घर जलेर खरानी भएको थियो। उक्त घटनापछि पीडित परिवारहरू हाल खुल्ला आकाशमुनि आश्रय लिइरहेका छन्। हाल विभिन्न स्वयम्‌सेवी संस्थाहरू अग्निकाण्ड पीडितहरू सहयोगको लागि अघि आएको छ। यसै क्रममा आज वाम काउन्सिलरहरू सिलगढी नगरनिगम कार्यालयमा गएर नगरनिगमका कमिश्नर सोनम वाङ्ग्दी भुटियासित भेट गरेर पीडित परिवारहरूको हितमा विभिन्न माग राखेका छन्। यस अवसरमा वाम काउन्सिलर नुरूल इस्लामले भने, उक्त आगलागीमा सबै घरहरू लगायत घरमा रहेको रुपियाँ, लुगाफाटा, आवश्यक कागजपत्रहरू, विद्यार्थीहरूको पाठन सामग्री, सर्टिफिकेट सबै जलेर खरानी भएको छ। यसैले तिनीहरूको आवश्यक कागजपत्रहरू चाँडै बनाइदिने सिलगढी नगरनिगमसमक्ष माग गरेको हो। यसको साथै सरकारी आर्थिक सहयोगमा पीडित परिवारलाई पक्काको घर बनाइदिने माग पनि गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *