अग्निपीड़ितहरूलाई नयाँ घर र आर्थिक सहयोग प्रदान गरिनेछ: मेयर गौतम देव

सिलगढी : अग्निपीड़ितहरूलाई नयाँ घर र आर्थिक सहयोग प्रदान गरिनेछ। सिलगढी नगरनिगममा आज एउटा बैठक गरेर मेयर गौतम देवले यसबारे जानकारी दिएका छन्। स्मरण रहोस्, गत शनिवार साँझ सिलगढीको 18 नम्बर वार्डको खुदीराम कोलनीमा भयावह आगलागी हुँदा धेरैवटा घर जलेर खरानी भएको थियो। हिजो सिलगढी फर्किआएपछि मेयर गौतम देवले डेपुटी मेयर रञ्जन सरकार, नगर कमिश्नर सोनम वाङ्ग्दी भुटिया लगायत मेयर काउन्सिलका सदस्यहरूलाई साथमा लिएर आगलागी स्थलको निरीक्षण गरे। यस अवधि तिनले मेयर राहत कोषबाट प्रत्येक अग्निपीड़ितहरूलाई 5 हजार रुपियाँ दिइने तथा तिनीहरूको आवश्यक कागजपत्र चाँडै बनाइदिने बताएका थिए। यसै विषयलाई लिएर आज मेयर गौतम देवले मेयर परिषदको साथमा एउटा बैठक गरे। उक्त बैठकमा अग्निपीड़ितहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरियो। बैठकको अन्तमा मेयर देवले वित्तीय सहयोग बाहेक नयाँ एउटा कोठाको घर, किचन र कम्युनिटी शौचालय बनाइदिने बताए। यसको साथै अग्निपीड़ितहरूलाई भोलि बुधवारसम्ममा सहयोग रुपियाँ प्रदान गर्ने प्रयास गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *