अग्निपीडितहरूसित भेट गरे मेयर गौतम देवले, क्षतिपूर्ति दिइने घोषणा

सिलगढी : सिलगढीमा भयावह आगलागी हुँदा धेरैवटा घर जलेर खरानी भएको थियो भने धेरै परिवार घरविहीन भएका छन्। उक्त घटनाको दिन सिलगढी नगरनिगमका मेयर गौतम देव र डेपुटी मेयर रञ्जन सरकार सहरदेखि बाहिर थिए। आज सिलगढी फर्किआएपछि मेयर गौतम देवले अग्निपीडितहरूसित भेट गरे। तिनी आज डेपुटी मेयर रञ्जन सरकार, नगरनिगमका कमिश्न सोनम वाङ्दी भुटिया लगायत मेयर परिषद्का सदस्यहरूलाई साथमा लिएर उक्त इलाकामा पुगे। यस अवधि तिनले इलाकाको निरीक्षण गर्नको साथै अग्निपीडितहरूसित कुराकानी पनि गरे। यसको साथै अग्निपीडितहरूलाई केही प्रयोजनीय सामग्रीहरू प्रदान गर्नको साथै अग्निपीडितहरूलाई 5 हजार रुपियाँ क्षतिपूर्ति दिने घोषणा पनि गरे। यस अवसरमा मेयर देवले भने, अग्निपीडित प्रत्येकलाई सिलगढी नगरनिगमको मेयर रिलिफ फन्डबाट 5 हजार रुपियाँ क्षतिपूर्ति दिइनेछ। यसको साथै त्यहाँ बसोबास गर्ने मानिसहरूलाई आगलागीमा जलेको सबै आवश्यक कागजपत्रहरू चाँडै प्रदान गरिने मेयर देवले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *