अग्नि पीडितलाई खरसाङका विधायकद्वारा आवश्यक सामग्री प्रदान

मिरिक : मिरिक टिङ्लिङ लिम्बुधुरा गाउँका अग्निपीडित पुष्पलाल बस्नेत उर्फ् लाटा कान्छालाई खरसाङका विधायक डा. रोहित शर्माले आवश्यक समाग्री प्रदान गरे। विधायक शर्माले पीडित परिवारलाई थप सहयोग गर्ने आश्वासन दिएका छन्। गत 19 फरवरीमा राति अचानक आगलागी हुँदा पुष्पलाल बस्नेतको घर जलेर खरानी बनेको थियो। अग्नि पीडितको सहयोगको लागि धेरैजना अघि आइरहेका छन् भने पीडितको घर निर्माणको लागि सम्बन्धित निकायले पहल गरिनुपर्ने आवश्यक रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *