अग्नि पीडित परिवारलाई सहयोग गरिदिने मागमा ज्ञापन

मिरिक: गोरामुमो मिरिक ब्राञ्च अध्यक्ष महेन्द्र खडकाको नेतृत्वमा एउटा टोलीले आज मिरिक खण्ड विकास अधिकारीलाई भेटेर टिङ्लिङ लिम्बुधुरा गाउँ निवासी पुष्पलाल बस्नेत (लाटा कान्छा)-को घर हालै आगलागीमा नष्ट भएकोले यथाशीघ्र पीडित परिवारलाई सहयोग पुऱ्याउने माग गर्दै ज्ञापन पत्र चढाए। प्रतिनिधि टोलीका सदस्यहरूले खण्ड विकास अधिकारीलाई आगलागीले घरविहीन बनेका पीडित परिवारलाई सरकारी सहयोगको खाँचो रहेको बताउँदै सहयोग गरिदिने निवेदन गरे। यसको पञ्चायतको तर्फबाट प्राथमिक सहायता प्रदान गरिएको जानकारी दिए। टोलीले लिम्बु धुराको भ्रमण गरेको अनि पीडित परिवारलाई सहयोगको लागि सान्त्वना दिएको पनि महेन्द्र खडकाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *