अग्नि पीडित परिवारलाई सहयोग गर्ने नर्बुजी लामाले दिए आश्वासन

मिरिक : खरसाङ विधानसभा आसनका गोजमुमो बिमल खेमाका प्रार्थी नर्बुजी लामाले आगलागी पीडित परिवारका सदस्यहरूसित भेट गरेर भलाकुसारी गरे। यसको साथै पीडित परिवारलाई आफूले सक्दो सहयोग पुर्‍याउने तिनले वचन दिए। स्मरण रहोस्, खरसाङको घैयाबारीस्थित लोअर गैरी गाउँ निवासी सञ्जय गुरुङको घरमा हिजो दिउँसो कोही नभएको समय आगलागी हुँदा सम्पूर्ण घर डढेर स्वाहा भएको थियो। उक्त आगलागीमा घरको सबै सर-समानहरूसहित सुन-चाँदी लगायत नगद राशि पनि जलेर खरानी भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *