अग्नि पीडित परिवारसित भेट गरे हिल तृणमूल नेतृत्वहरूले

बिजनबारी : गत दिपावलीको भोलिपल्ट रेलिङ ग्राम पञ्चायत पैँसठे गाउँ निवासी भरत भण्डारीको घर आगलागीमा परेर ध्वंश भएको थाहा पाएपछि दार्जिलिङ पुलबजार खण्ड टीएमसी सभापति परवरिश सुब्बा अनि जिल्ला युवा महासचिव रमेश कड़ारियाले आज घटनास्थलमा पुगेर निरीक्षण गरे। द्वयले जीटीए चेयरम्यान अनित थापा अनि जिल्लापाललाई अविलम्ब घटनाको निरीक्षण गरेर विशेष आपदा कोषबाट सहयोग गरिदिने अनुरोध गरेको बताए। यसको साथै खण्ड विकास कार्यालयबाट पनि यथाशीघ्र पहल भइरहेको द्वयले पीडित परिवारलाई आश्वासन दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *