अग्नि पीडित तीन परिवारलाई विधायक निरज जिम्बाद्वारा आर्थिक सहयोग

दार्जिलिङ: चुङथुङ मेरिबुङ समष्टि अन्तर्गत लिङ्गिया चियाबारी भट्टी धुरामा आगलागीको कारण दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त साथै अर्को घर केही क्षतिग्रस्त भएको बारे समष्टिका प्रतिनिधिहरूले जानकारी गराएपछि विधायक एवम् गोरामुमो केन्द्रीय समिति महासचिव निरज जिम्बा, गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बा, उपाध्यक्ष दिनेश छेत्री, केन्द्रीय समिति सदस्य किशोर राई, केन्द्रीय कार्यालय प्रवक्ता वाई लामा, ब्राञ्च कमिटी प्रवक्ता संजोक गुरुङ साथै समष्टि गोरानासं अध्यक्ष मन्दिरा थापाले घटना स्थलमा पुगेर निरीक्षण गरे। पार्टी सूत्रले दिएको जानकारी अनुसार पीडित परिवारहरूलाई भेटघाट गरेर विधायक निरज जिम्बा साथै तिनको टोलीले पीडित परिवारहरूलाई आर्थिक सहयोग साथै लुगा-फाटा प्रदान गरे। यस अवसरमा विधायक निरज जिम्बाले आगामी दिनमा पनि पीडित परिवारहरूलाई थप सहयोग पुर्याउने वचन दिएका छन्। तिनले पत्रकारहरुलाई भने, एउटा विधायकको हैसियतमा मैले गर्नु पर्ने सहयोग मैले गरे र अझ म गर्नेछु।


घटना स्थलमा मैले निरीक्षण गर्दा दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको देखे अनि अर्को घरको भान्साघर पनि पुर्ण रुपमा क्षतिग्रस्त भएको छ। यसकारण यहाँ एउटा सरकारी विषयहरू छन् र घरहरु पुर्ण रुपमा क्षतिग्रस्त भएको कारण नयाँ घर बनाउनु पर्ने हुन्छ। यो एउटा आपदा पनि हो र यसलाई आपदा प्रबन्धन विभाग साथै अन्य सम्बन्धित विभागहरुले चाँडो भन्दा चाँडो सरकारद्वारा प्राप्त हुने साहुलियत प्रदान गरिदिने म अपील गर्दछु। पहाडमा परि आएको खण्डमा सबैले सहयोग पुर्याउँछ अन्य स्थानमा हामीले यस्तो देख्न पाउँदैनौ। पीडित परिवारहरुलाई सहयोग पुर्याउन बिमल गुरुङ, अनित थापाको टोली, अजय एड्वर्ड्स साथै विभिन्न संघ-संस्थाहरु पनि आए। यो एकदमै स्वस्थ्य राजनीति हो, कसैले कुनै पार्टी, रंग भेद नछुट्टाइ परिवारहरुलाई सहयोग पुर्याएका छन्। पहाडमा यो संस्कार कायम रहनु पर्छ। तिनले अझ भने, मैले पीडित परिवारहरुको पुनःउत्थानको निम्ति उच्च स्तरमा पत्राचार गरेको छु र सबैले मिलेर पीडित परिवारहरुलाई सहयोग गरौं भनी म सबैलाई अपील पनि गर्दछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *