अग्निशमनद्वारा विभिन्न ठाउँहरूमा सेनिटाइज

खरसाङ : कोभिड 19 को- संक्रमणको खतरालाई ध्यानमा राखेर आज खरसाङ महकुमाको महानदीदेखि तीनधारेसम्मको सरकारी कार्यालयहरू लगायत मानिसहरू भेला हुने क्षेत्रतिर खरसाङ अग्निशमन विभागको तर्फबाट सेनिटाइज गरियो। गोजमुमो तीनधारे महानदी समष्टिको आयोजनामा गरिएको उक्त सेनिटाइज कार्य अन्तर्गत महानदीको ग्राम पञ्चायत कार्यालय, रेलवे स्टेशन परिसर, घैयाबारी ग्राम पञ्चायत तीनको कार्यालय, घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्र परिसर, घैयाबारीकै क्लष्टर अफिस, तीनधारेको ग्रामीण ब्याङ्क, होटल गैरीस्थित एसबीआई कार्यालय, वरिष्ठ नागरिक कल्याण समितिको कार्यालय, एडीएमई कार्यालय, तीनधारेको रेलवे अस्पताल लगायत दार्जिलिङ हिमालयन रेलवेको मुख्य कारखाना आदि क्षेत्रमा सेनिटाइज गरियो। यस विषयमा गोजमुमो तीनधारे महानदी समष्टिका सांगठनिक सचिव सुदन लकान्द्रीले पत्रकारहरूसित कुराकानी गर्दै पहिलो चरणमा सरकारी कार्यालयहरूतिर सेनिटाइज गरिएको र दोस्रो चरणमा चियाबारीहरूका कारखानातिर र तेस्रो चरणमा ग्रामीण क्षेत्रमा रहेको क्वारेनटाइन क्षेत्रमा पनि सेनिटाइज गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasibom girişcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibom